१०१ किमी सडक ३१ वर्षदेखि अलपत्र

उदयपुर । गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग निर्माण सुरु भएको ३१ वर्षमा पनि अझै निर्माण सकिएको छैन । १०१ किलोमिटर सडकको काम २०५१ सालदेखि सुरु भएको हो । उदयपुरको गाईघाटबाट निर्माण सुरु गाईघाट–महुरे (खोटाङ) १०१ किलोमिटर क्षेत्रमा अहिलेसम्म ३५ किलोमिटरमात्रै कालोपत्रे भएको छ । १ सय ३१ किलोमिटर लामो लोकमार्गको महुरे–दिक्तेल ३० किलोमिटरमध्य पहाडी लोकमार्गमा गाभिएको छ । निर्माण व्यवसायीको लापरबाहीले गर्दा ट्रयाक खुलेको वर्षौ ं भइसक्दा पनि सडकले पूर्णता पाउन सकेको छैन ।

मनमोहन अधिकारीले उद्घाटन गरेको सडक सञ्चालन हुनेमै शंका

निर्माण जिम्मा लिएका कम्पनीको गल्तीले गर्दा सडक विभागसमेत समस्यामा परेको छ । गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले गाईघाट–महुरे(खोटाङ)खण्डको दुई प्याकेजको ठेक्का रद्द ग¥यो । निर्माण जिम्मा लिएका कम्पनीले वर्षौंदेखि काम अलपत्र पारेपछि खोटाङ फोक्सिङटार–सिम्पानी र उदयपुर अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का रद्द गरिएको गाईघाट दिक्तेल सडक योजनाले जनायो ।

‘खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर)कालोपत्रेको काम ठेक्का लिएका निर्माण कम्पनी देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीसग ठेक्का तोडिएको छ ।’ गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटको सूचनामा ‘यो ठेक्का करिब ५५ करोड ८७ लाख रुपैयाँको लागतमा १० साउन, २०७७ भित्र सक्ने गरी ११ साउन, २०७३ मा सम्झौता गरिएको’ उल्लेख छ ।

तर, समयमै काम नगरेकाले ठेक्का तोड्नुपरेको कार्यालयले जनाएको छ । उदयपुरको अँधेरीखोला–फोक्सिङटार खण्डको करिब ११ करोड १७ लाखको लागतको ठेक्का पनि तोडिएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले २८ चैत २०७८ मा सक्नेगरी १४ भदौ २०७५ मा सम्झौता गरेको थियो । पटकपटक लिखित मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोड्नुपरेको कार्यालयको भनाइ छ ।

एक वर्षअघि नै सडकको कालोपत्रे भइसक्नुपर्ने हो । तर, ठेकेदारले विभिन्न बहानामा काम नगर्ने र पटकपटक म्याद थप्दै काम ओगटने गरेकाले पनि सडक निर्माण काममा ढिलाइ भएको स्थानीय बताउँछन् । उदयपुर र खोटाङलाई जोड्ने दुधकाशसी नदीमा पक्की पुल निर्माण नभएको बहानामा काम रोकेका ठेकेदारले पुल बनेपछि पनि काम नगरेकाले ठेक्का नै रद्द गरिएको आयोजनाको भनाइ छ ।

गाईघाट महुरे (खोटाङ)खण्डको काम २०७७ साउन मसान्तमा सक्नेगरी ठेक्का बन्दोवस्ती गरेर कामसमेत अघि बढेको थियो । तर, ठेकेदारले भौगोलिक विकटताका कारण देखाउदै कछुवा गतिमा काम गर्दा ढिलाई भएको स्थानीय गुनासो छ । पूर्वपश्चिम लोकर्मागअन्र्तगत सप्तरी कदमाहा र उदयपुर सदरमुकाम गाईघाट हु ँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडक दुवैतर्फ (उदयपुर र खोटाङ) पूर्णरूपमा ट्रयाक खुलेको वर्षौ बितिसक्यो ।

ट्रयाक खुलेपछि सडक स्तरोन्नतिको काम भए पनि व्यवस्थित र जिम्मेवारीपूर्वक हुन नसक्दा दक्षिण खोटाङको विकासमा ठूलो बाधा पुगेको स्थानीय गुनासो छ । २०५१ सालमा तत्कालीन प्रधामन्त्री मनमोहन अधिकारीले उदयपुर सदरमुकाम गाईघाटस्थित बोक्सेमा उदघाटन गरी गाईघाट दिक्तेल सडक निर्माण प्रारम्भ गरिएको हो । सुरु भएको ३१ वर्ष बितिसक्दा पनि सडक अहिलेसम्म पनि पूरा नहु ँदा पक्की सडकको सपना अधुरै रहेको रौतामाई गाउँपालिका–५ आँपटारका वडाध्यक्ष पाण्डप राईले बताए । ‘धेरै वर्ष भयो, यो सडक खन्न थालेको तर किल्यै पूरा नहुने भो,’ उनी भन्छन् ।

लोकर्मागको दुवैतर्फको ट्रयाक खोलिएको पनि १३ वर्ष भइसकेको थालिएको थियो । तर, अहिलेसम्म पूरा भएको छैन । सगरमाथा लोकमार्ग उत्तर छ । तर अझै सडक व्यवस्थित भएको छैन । ११ वर्षअघि नै उदयपुर गाईघाटदेखि रौतामाई गाउँपालिकको फोक्सिङटारसम्म ट्रयाक खोलिएको थियो । गाईघाट दित्तेल सडक योजना कार्यालयले नै खोलेर निर्माण प्रारम्भ गरिए पनि वर्षेनि छुटिने बजेटका कारण निर्माण कार्यमा ढिलाई भएको हो ।

तर अहिले बजेट व्यवस्था भइ ठेक्का लागे पनि विभिन्न बहानामा काम हुन सकेको छैन । सुरुका वर्ष लोकर्माग निर्माणका लागि न्यून बजेट विनियोजन हुने गरेको थियो । तर पछिल्लो समय बजेटको समस्या नरहेको योजना कार्यालयले जनाएको छ । लोकमार्ग निर्माणका लागि योजनामा करिब साढे ३ अर्ब रुपैयाँ रहेकोमा झण्डै १ अर्ब ८५ करोड रुपैयाँमात्रै खर्च भएको छ ।

पक्की सडक अभावमा हिउँदमा यातायात सञ्चालन भए पनि वर्षात्मा सवारी सञ्चालन नहु ँदा उदयपुर उत्तरी पहाड र खोटाङको दक्षिण भेगका सर्वसाधारणले समस्या भोग्नुपरेको छ । खोटाङको करिब ५० किलोमिटर सडक स्वीस र नेपाल सरकारको लगानीमा ट्रयाक खुलेको हो । कच्ची सडक निर्माणमा करिब ६० करोड खर्च भएको छ । सुरुमा उदयपुरको गाईघाटदेखि साउनेसम्म सडक निर्माण गरियो ।

त्यसपछि रानीबाससम्म विस्तार भएपछि वर्षेनि मर्मतमात्रै हुँदै आएको थियो । २०७७ साल असार मसान्तसम्म सडक स्तरोन्नति गरेर पक्की (कालोपत्रे) सक्नेगरी काम दक्षिण लोकमार्ग (भारत र चीन जोडने) बहुउद्देश्य लोकर्मागका रूपमा निर्माण थालिएको हो । तर, यसको आवश्यकता र महत्व बुझ्न नसक्दा निर्माणमा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा