कपिलवस्तुमा नक्कली नोट कारोबारमा चार जना पक्राउ

कपिलवस्तु । प्रहरीले कपिलवस्तुका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले जनाएको अनुसार फागुन १ गते बुद्धभूमि नगरपालिका–६ कोल्होलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिइएको थियो। उनलाई खानतलासी गर्दा नेपाली एक हजार रुपैयाँका ९९ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, उनको कारोबार स्थानमा थप तीन नेट नक्कली नोट पनि भेटिएको थियो।

यादवसँगको अनुसन्धान पछि प्रहरीले तीन अन्य व्यक्ति पनि नक्कली नोटको कारोबारमा संलग्न रहेको पत्ता लगाइरहेको जनाएको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा बुद्धभूमि नगरपालिका–६ का १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका–८ कचरिहवाका ४२ वर्षीय सञ्जय गुप्ता (पटेश्वरीप्रसाद गुप्त) र ५० वर्षीया साजिदा खातुन रहेका छन्।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले बुद्धभूमि नगरपालिका–१० को पेट्रोल पम्प, सोही वडाको तरकारी पसल र कपिलवस्तु नगरपालिका–२ स्थित अर्को पेट्रोल पम्पमा नक्कली नोट कारोबार गरेको खुलेको छ। उनीहरूको विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ (मुद्रा सम्बन्धी कसुर) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान