कर्फ्युले आर्थिक नगरीको अर्थतन्त्रमा प्रभाव

वीरगन्ज । आर्थिक नगरी वीरगन्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युका कारण यहाँको अर्थतन्त्रमा प्रभाव परेको छ । वीरगन्जमा आईतबार साँझ फरक दुई समुदायका बीच भएको झडपपछि बढेको अशान्ति रोक्न भन्दै सोमबार बिहान ९.४५ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारेको गरेको हो ।

दिउसो ४.३० देखि कफ्र्यु हटे पनि दिनभर आर्थिक नगरी वीरगन्जमा एकदिनको अर्थतन्त्रमा प्रभाव परेको सर्वसाधारणको गुनासो छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर टोलमा दुई समुदायका बीच झडप भएको घटनालाई स्थानीय प्रशासनले नगरभरी फिंजाई दिंदा आर्थिक क्षेत्रमा भने अर्थको अशान्ति बढेको उनीहरुले तर्क गरे । वीरगन्ज महानगरपालिकाको चार किल्लामा नै कफ्र्यु जारी गरेपछि बजार क्षेत्र सबै घटनाको चपेटामा परेको सर्वसाधारणको गुनासो छ । श्रीपुर क्षेत्रमा सुरक्षाको बाक्लो उपस्थितिका बीचमा थियो । तर पनि कफ्र्यू जारी गरेपछि आम सर्वसाधारण मारमा परेको वीरगन्जको लिंकरोडका व्यापारीले गुनासो गरे । बाईपाससम्म कफ्र्युको असर रहँदा सन्दर्भ विनाको पीडा भोग्न परेको उनीहरुको भनाइ छ ।

सर्वपक्षीय बैठकको सकारात्मक परिणाम
सर्वपक्षीय बैठकले भने तीन बुँदे सहमति गर्दै समस्या समाधानको सकारात्मक परिणाम निकालेको छ । जिल्ला प्रशासन कार्यालयमा यो भन्दा अगाडी पनि छपकैयाको यस्तै दुई समुदायका बीच भएको झडप पछिको सहमतिमा वीरगन्ज क्षेत्रमा कसैले पनि आइन्दा यस्तो गर्न नहुने भनी निर्णय भएकै थियो । सोमबारको स्थानीय प्रशासनसँगको निर्णय पनि दोहोरिएको छ । विगतकै निर्णयलाई टेकेर स्थानीय प्रशासनले दोषीलाई कार्वाहीको कदम अगाडी बढाउन कसैले अन्यथा भन्ने ठाउँ थिएन ।

तथापि अवस्थालाई विग्रिन नदिन स्थानीय प्रशासनले पर्साको वीरगन्ज बजारमा बिहान ९.४५ बजे जारी गरेको कफ्र्यूका समयकै बीच जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले तीन बुँदे सहमति गरी समस्या किनारा लगाउने कोशिस गरेकोमा स्थानीय बुद्धिजिबीहरुले सकारात्मक भनेका छन् ।

दुई व्यक्तिको झगडा समुदायसम्म
चारचक्के गाडी क्रस गर्ने बिषयमा दुई युवाका बीच भएको आपसी विवाद झडपमा परिणत भएपछि दुई समुदायसम्म झाँगिदै उग्र बनेको थियो । अवस्था विग्रिएपछि वीरगन्जको श्रीपुर टोल आईतबार साँझ तनावग्रस्त बन्यो । एउटै टोलका हिन्दु र मुस्लिम युवाको झगडा पछि समुदायमा सल्केको विवादले उग्ररुप लिदा स्थानीय प्रशासनले स्थितिलाई काबु बाहिर नजाओस् भनी सोमबार बिहानै कफ्र्यु समेत जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । साँझको झडप पछि पनि एकले अर्कोको घरमा प्रवेश गरी तोडफोड गरेकोसम्म पनि खुलेको छ । झडपका कारण दुवै पक्षका गरी सातआठ जना घाइते भएको पर्साका प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले बताए । प्रहरी तर्फ पनि तीन–चार जना घाइते भएको तर सबैको अवस्था सामान्य रहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका उनको भनाइ छ ।

सर्वपक्षीय बैठकका तीन निर्णय
सृजित अशान्तिलाई निस्तेज पार्न सोमबार बसेको सर्वपक्षीय बैठकले विभिन्न तीनबुँदे निर्णग गरेको छ । जसमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा आईतबार बेलुकी भएको घटना तथा सो घटनाबाट श्रृजित घटनाक्रमको दोषी पक्षलाई स्थानीय प्रशासनले कानूनी दायरामा ल्याउने । सो का लागि पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रकृया यथाशिघ्र सम्पन्न गर्ने । यस्ता दोषीहरुलाई कानूनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने ।

दोस्रो नम्बर बुँदामा व्यक्तिगत घटना÷दूर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने दुष्प्रचार गर्ने, सामाजिक संजालमा भाइरल बनाउने, ह्याट स्पीच प्रसारण गर्नेलाई साईबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कार्वाहीको दायरामा ल्याउने । त्यसैगरी तेस्रो नम्बर बुँदामा आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न यस बैठकमा उपस्थित सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवाहरु एवं सम्पूर्ण जनप्रतिनिधिले आ–आफ्नो संस्था वा ÷निकायबाट विज्ञप्ती प्रकाशन गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

कफ्र्यू हट्यो निशेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय, पर्साले बिहान ९.४५ देखि जारी गरेको कफ्र्यु दिउसो ४.३० पछि हटाएको छ । सोमबार साँझ ६ बजेदेखि फागुन १२ गते बिहान ८ बजेसम्म निशेधाज्ञा चाही जारी गरेको पनि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । निर्वाचनको मुखमा सामाजिक शान्तिमा खलल् नपुगोस् भनी अवस्थालाई विग्रन नदिन यो कदम चालिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकीका प्रमुख सचिव भ्रष्टाचारमा मुछिए