राजविराज । प्रतिनिधिसभा निर्वाचनको ६ दिन मात्र बाँकी रहँदा सप्तरीमा मत आफनो पक्षमा पार्न राजनीतिक दल अन्तिम चरणको प्रचारमा सम्पुर्ण शक्ति झोकेका छन । ७२ घण्टै मौन अवधी सुरु हुनु अघि नै दलहरु मतदाता नजिक पुग्ने र आफनो पक्षमा मत तान्ने कार्यमा सम्पूर्ण शक्ति लगाएका हुन ।
मुख्य प्रतिस्पर्धी नयाँ र पुराना शक्ति बीच शक्ति प्रर्दशनको होडबाजी
सप्तरी सदरमुकाम राजविराज समेत समेटिएको क्षेत्र नं.२ मा अन्तिम चरणको प्रचारका क्रममा अहिले विभिन्न राजनितीक दलका उम्मेदवारहरुद्वारा घर दैलो संगै शक्ति प्रर्दशन गर्ने होडबाजी नै चलेको छ ।
यहाँ रास्वपाका रामजी यादव, जनमतका अध्यक्ष सिके राउत, जसपा नेपालका उमेश यादव, स्वभिमान पार्टीका सतिस कुमार सिंह, उज्यालो नेपाल पार्टीका डा.दिपक चौधरी, नेपाली काँग्रेसका राम कुमार यादव, नेपाल जनता पार्टीका रन्जु ठाकुर तथा नेपाल राष्ट्रिय मुक्ती पार्टीका अनिस अन्सारी मुख्य प्रतिस्पर्धामा देखिएका छन ।
जनअधिकार पार्टीका अध्यक्ष डा.शरद सिह यादव, नेकपाका सुर्यनाथ यादव पनि जितको दौडमा सामेल हुन भरमग्दुर प्रयास गरिरहेका छन । यस क्षेत्रमा मतदाता संख्या १ लाख ५ हजार ९ सय २२ छन । नयाँ शक्तिका रुपमा उदाएका रास्वपाको रामजी यादवले जनताले परिर्वतन र विकास चाहेको भन्दै अहिले शक्ति प्रर्दशन गर्ने क्रममा स्वतफुर्त रुपमा जनताको सहभागिता बढने गरेको बताए ।
अर्का नयाँ शक्तीको रुपमा देखापरेका उज्यालो नेपाल पार्टीका डा.दिपक चौधरीले विकास गर्ने पार्टी उज्यालो नेपाल नै भएको भन्ने कुरा मतदाताले बुझिसकेको भन्दै आफ्नो पक्षमा जनलहर नै चलेको दाबी गर्छन । उनले फागुन १६ गते हुने मोटरसाईकल ¥यालीमा उर्लने जनसहभागिताले आफनो दाबीको पुस्टी गर्ने बताए ।
साँसद नदोहो¥याउने क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा २०७९ मा जितेका जनमत पार्टीका अध्यक्ष एवं साँसद डा.सिके राउत जित दोहो¥याउने दाउमा सबै शक्ति लगाएका छन । वडा वडामा कमिटी गठन गर्दै अघि बढेको उनी मौन अवधी सुरु हुनु अगावै शक्ति प्रर्दशन गरेर मतदाता आफनो पक्षमा पार्ने अन्तिम प्रयासमा जुटेका छन ।
कुनै वेला उनकै पार्टीमा रहेका पुर्व मुख्यमन्त्री सतिस कुमार सिंह, डा.शरद सिंह यादव र अनिस अन्सारी पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन । पूर्व मन्त्री उमेश यादव पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन । मुख्य प्रतिस्पर्धामा रहेका उनीहरु पनि अन्तिम चरणको प्रचारमा सम्पुर्ण शक्ति लगाएर पहिलो नम्बरमा पुगेर जीत निकाल्न प्रयासरत छन ।
शक्ति प्रर्दशनका क्रममा दलहरुले घर दैलो, कोणसभा, जनसभा, मोटरसाईकल ¥याली, स्टार प्रचारक र डकुमेन्ट्रीको प्रयोग लगायतका विधी प्रयोग गरेको पाइएको छ । शक्ति प्रर्दशनका क्रममा विभिन्न दलका उम्मेदवारको जुलुसमा देखिने भीडले मतदाता अलमलमा पर्ने गरेको नागरिक समाजका अध्यक्ष थानसिह भन्साली बताउँछन ।
यद्यपी अधिकाँश मतदाताले कसलाई मतदान गर्ने भन्ने विषयमा सोच बनाईसकेको र फागुन २१ गतेको निर्वाचन पछि खुल्ने मतपेटिकाले बास्तिवक शक्ति को संग रहेको छ भन्ने कुरा प्रमाणित गर्ने स्थानीय मतदाताहरुको भनाई छ ।
कुल ३४ उम्मेदवार रहेको यस क्षेत्रमा राजविराज नगरपालिकाका साथै छिन्नमस्ता, महादेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछ ।
सम्बन्धित समाचार
प्रलोपाको प्रतिबद्धतापत्र सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
प्रजातन्त्र दिवसमा राजविराजमा प्रभातफेरी
पर्सा १ का मतदाता रिझाउन घरदैलोमा उम्मेद्वारहरु
जेनजी फकाउन ‘सूचना प्रविधि’का सपना
अर्थतन्त्रको ‘तेस्रो खम्बा’मा दलीय मनमौजी
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भीडन्त






