क्वारेन्टाइनबाट घर लगिएका युवालाई फेरी क्वारेन्टाइनमै फर्काइयो

सप्तरी । क्वारेन्टाइनबाट आफन्तले जबरजस्ती घर लिएर गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का एक युवालाई गाउँलेहरुले सम्झाई बुझाई शुक्रबार पुनः क्वारेन्टाइनमै फर्काएका छन् ।

भारतको मुम्बईबाट ७ दिनअघि घर फर्केका सोही नगरपालिका ७ निवासी २५ बर्षीय ईन्द्र नारायण चौधरीलाई ब्रहम्पुर स्थित जनता मा.वि. विद्यालयमा वडा कार्यालयद्वारा बनाईएको क्वारेन्टाइन केन्द्रमा राखिएको थियो ।

क्वारेन्टाइन केन्द्रमा स्वच्छ खानेपानी, साबुन, मास्क, सेनिटाईजर लगायतका सामग्री अभाव हुुनुका साथै एउटै फोहोर शौचालयमा धेरै जना जानु परिरहेको गुनासो आएपछि चौधरीका आफन्तले विहिबार साझँ उनलाई जबजस्ती घर लिएर गएका थिए । तर छरछिमेक र स्थानियले यसबाट झन कोरोनाको जोखिम बढ्ने भन्दै सम्झाएपछि आफन्तले उनलाई शुक्रबार बिहानै पुनः क्वारेन्टाइनमै बुझाएका छन् ।

चौधरीका आफन्तले उक्त क्वारेन्टाईनको व्यवस्थापन गर्ने जिम्मा पाएका वडा ७ का अध्यक्ष राम नारायण चौधरीले क्वारेन्टाईन व्यवस्थापनमा ध्यान नदिदा अस्तव्यस्त बनेको गुनासो गरेका छन् । क्वारेन्टाइनको भित्री अवस्था हेर्दा निको मान्छे पनि त्यहाँ बस्दा बिरामी हुने भन्दै स्थानियले अबिलम्ब उक्त क्वारेन्टाईनको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ