एमाले धनकुटा उम्मेदवार राईद्वारा मतदान

धनकुटा । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उमेदवार रहनु भएका पूर्व मन्त्री तथा नेकपा एमालेका राजेन्द्रकुमार राईले मतदान गरेका छन् । बिहीबार मतदान केन्द्रमा पुगेर उमेदवार राईले मतदान गरेका हुन् ।

उमेदवार राईले धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगा स्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका थिए । उनको जन्मघर समेत यहीँ रहेको छ भने बिहानै मतदान स्थल पुगेर मद खसालेका थिए । यस्तै आम जनता पार्टिबाट उमेदवार रहेका प्रेम बहादुर थापाले पनि यहीँ मतदान केन्द्रमा मत खसालेका थिए भने थापाको जन्म स्थान पनि यहीँ रहेको छ ।

मतदान केन्द्रमा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएको र सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम