विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन् ।
आज साँझ ६ः ३० बजेसम्मको पछिल्लो मत गणना अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका हुन् । रास्वपाका बालेन शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३,०११ मत मात्रै पाएका छन् ।
शाह र ओलीबीचको मतान्तर अहिले १० हजार ६४३ पुगेको छ । नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टीका रञ्जित तामाङ ले ३७० मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)






