उदयपुर । उदयपुरमा परम्परागत रुपमा गरिदै आएको खेति प्रणालीलाई छाडेर यहाँका किसानहरु सुन्तला खेतिमा आर्कषित हुन थालेका छन । पहाडी भेगमा मकै, कोदो, फापर लगाउँदै आएका यहाँका किसानहरु पछिल्लो समय सुन्तला खेतिका आर्कषित भएका हुन । पहिलो आफुलाई खान मात्र लगाउँदै आएका सुन्तला अहिले ब्यवसायीक खेति गर्न थालेका छन ।
कृषि ज्ञान केन्द्र उदयपुरको तथ्याङक अनुसार चालु आर्थिक वर्ष ६ सय ३२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति हुने गरेको जानकारी दिएको छ । सुन्तला खेति भएका मध्ये ४ सय ७० हेक्टरबाट सुन्तला उत्पादन दिन थालेको जसमा ३ हजार ९ सय ९५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादब बताउँछन ।
पछिल्लो समय बृद्धि हुँदै गएको सुन्तला खेतिले उदयपुरमा वार्षिक रुपमा २८ करोड बराबरको सुन्तला उत्पादन हुने गरेको तथ्याङले देखाएको छ । विगतको वर्षहरुमा भन्दा यो वर्ष स्ुन्तला उत्पादन बढेको हो । उदयपुरमा केही वर्ष यता सुन्तला उत्पादन बढ्दै गएको छ । चालु आर्थिक वर्ष ६ सय ३२ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती गरिएको थियो । जस मध्ये ४ सय ७० हेक्टर उत्पादन क्षेत्रबाट ३ हजार ९ सय ९५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जसबाट करिब २८ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख यादवका अनुसार कुल उत्पादनको करिब ३० प्रतिशत सुन्तला भने किसानले आफैं उपभोग गर्ने तथा आफन्तजनलाई बाँड्ने गरेका छन् । बाँकी ७० प्रतिशत मात्र व्यवसायिक रूपमा बजारमा बिक्रीका लागि जाने गरेको बताउँछन ।
ज्ञान केन्द्र प्रमुख यादव सुन्तला खेती व्यवसायिक मात्र नभई ग्रामीण खाद्य सुरक्षासँग पनि जोडिँदै गएको बताउँछन् । सुन्तला खेती प्रति पछिल्लो समय कृषकहरूमा आकर्षण बढ्दै गएको छ । गत वर्षको तुलनामा चालु वर्ष खेती गर्ने जमिन बढ्नुले पनि उत्पादन बढेको प्रमुख यादव बताउँछन् ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष ६ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । त्यसमध्ये ४ सय ६८ हेक्टर क्षेत्रफलमा ३ हजार ५ सय १० मेट्रिक टन उत्पादन भएको थियो । चालु वर्ष क्षेत्रफल जमिन २ हेक्टरले मात्र बढे पनि उत्पादन भने ४ सय ८५ मेट्रिक टनले बृद्धि भएको छ । यसले सुन्तला खेतीमा उत्पादकत्व बढेको देखाउँछ । कृषकहरूका अनुसार बोट व्यवस्थापन, समयमै मलखादको उचित प्रयोग, रोग नियन्त्रण तथा किसानको अनुभव बृद्धिले सुन्तला खेती र उत्पादन दुवै बढ्न सहयोग पुगेको हो ।
उदयपुरको पहाडी भेगमा सुन्तला खेती लगाउने गरिएको छ । समशीतोष्ण हावापानी भएको जमिन सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरका लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका तथा कटारी नगरपालिकाका पहाडी भेगका वडाहरू सुन्तला उत्पादनका मुख्य क्षेत्र हुन् । यी क्षेत्रमा परम्परागत खेतीसँगै पछिल्ला वर्षहरूमा व्यवसायिक सुन्तला खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।
उत्पादन बढेसँगै बजारमा सुन्तलाको आपूर्ति पनि बढेको छ । तर किसानहरू अझै मूल्य स्थिरता, भण्डारण सुविधाको अभाव तथा ढुवानी खर्च बढी लाग्ने समस्याले पिडित छन् । कृषि ज्ञान केन्द्रले उचित भण्डारण, प्रशोधन उद्योग तथा चिस्यान केन्द्र र उचित बजार व्यवस्थापन गर्न सके सुन्तला खेतीबाट किसानले यो भन्दा बढी आम्दानी लिन सक्ने सम्भावना रहेको जनाएको छ । सुन्तला उत्पादनमा वर्षेनी हुँदै आएको बृद्धिलाई दिगो र व्यवस्थित बनाउन खेतीको क्षेत्रफल बढाउने, प्रविधि विस्तार तथा यान्त्रिकीकरण गर्ने तथा रोग नियन्त्रण र बजार सुनिश्चित गर्नु पर्ने खाँचो किसानले औंल्याएका छन् । त्यसो गर्न सके उदयपुरका जनता सुन्तला खेतीबाटै आत्मनिर्भर र समृद्ध हुन सक्ने सम्भावना रहेको बताउँछन् ।
सुन्तला खेति विस्तारसँगै उदयपुर सुन्तला जोन क्षेत्र कार्यक्रम सञ्चालन हुँदै आएका छन । लिम्चुङबुङ गाउँपालिका दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ गाउँवपालिका–४ बलम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्ष अघि सम्म गाउँमा ८ सय देखि एक हजार २ सय बोट भन्दा बढी सुन्तला थिएनन् । पाँच वर्ष यता प्रत्येक घरका कृषकले २ सय देखि ४ सय सम्म सुन्तलाका बिरुवा विस्तार गरेको उनले सुनाए । उनले पनि ४ सय ५० बिरुवा हुर्काइ सकेको जनाउँदै फल दिन थालेका बताए ।
लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको बताउँछन । अहिले ५० हजार भन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उनले जानकारी दिए ।
लिम्चुङ्बुङ गाउँपालिका–२ ताम्लिछाका कृषक लखनसेर राईले भने, ‘पहिला आङ्खनो बगानमा २० बोट सुन्तला थियो । अहिले दुई सय २५ पुगि सकेको छ । कृषक खेमबहादुर कार्कीले दुई वर्षदेखि वार्षिक एक लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्न थालेको बताउँछन । लिम्चुङ्बुङ गाउँपालिका–५ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन् । अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर राई बताउँछन । पालिकाका उपाध्यक्ष राईका अनुसार पछिल्लो समय सुन्तताखेती विस्तार भएसँगै यस क्षेत्रबाट वार्षिक ५० लाखसम्मको सुन्तला बिक्री हुन थालेको छ । अहिले पनि सुन्तलाका बिरुवा हुर्किरहेकाले आगामी चार वर्ष भित्र पालिकामा वार्षिक १० करोड भन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ’, उनले भने ।
अहिले पालिकाका सबै वडामा ‘एक घर सय बोट सुन्तला’ अभियान सञ्चालन गरेर खेती विस्तार गर्न थालिएको पालिकाका जनप्रतिनिधि बताउँछन् । अहिले पनि सुन्तलाका बिरुवा हुर्किरहेकाले आगामी चार वर्ष भित्र पालिकामा १० करोड भन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ, लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यष पुष्पलाल राई बताउँछन ।
यस अघि सबै भन्दा बढी सुन्तला उत्पादन क्षेत्रका रूपमा ताप्ली गाउँपालिका रहेको थियो। अहिले ताप्लीमा भन्दा लिम्चुङ्बुङ गाउँपालिकामा सबै भन्दा बढी सुन्तलाको विरुवा लगाएको उनी बताउँछन । पालिकामा सबै भन्दा बढी सम्भावना बोकेको सुन्तला, डल्ले खुर्सानी, कागती लगायत कृषि उपज रहेका बताउँदै उनले उत्पादन र खेती गरिएको क्षेत्रका आधारमा जोन विस्तार गर्दै जाने योजना रहेको उल्लेख गरे ।
पछिल्लो समय लिम्चुङबुङमा ५० हजार सुन्तलाका बिरुवा विस्तार गरिएको छ । ती बोटले फल दिन थालेपछि आम्दानी बढ्नुका साथै सुन्तलामा आत्मनिर्भर बन्न सक्ने अुनमान गरिएको छ । तीव्र रूपमा सुन्तलाखेती विस्तार भइ रहेको बताए । सबै भन्दा बढी लिम्चुङ्बुङ गाउँपालिकामा सुन्तलाखेती विस्तार भएको उनको भनाइ छ ।






