सुरु भयो ‘मुक्तिपुर’को छायांकन

काठमाडौँ । नेपाली चलचित्र ‘मुक्तिपुर’को निर्माण सुरु भएको छ । काठमाडौँको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा मंगलबार शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन थालनी गरिएको छ । मंगलबार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजा अर्चना गर्दै चलचित्र थालिएको हो । मुहूर्तपछि विहानबाटै चलचित्रको छायांकन थालिएको हो ।

यसमा नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती, नव अभिनेत्री आकृति बुढाथोकी मुख्य भूमिकामा रहेका छन् । यस्तै घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अलि, उदय अलि, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, सुदिप तिमिल्सिना, प्रवीणकुमार चौधरीलगायतको पनि अभिनय यो चलचित्रमा रहने मुहूर्त समारोहमा जानकारी गराइयो ।

सुनिल पाण्डेले निर्देशन गरिरहेको यो चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुँदै छ । चलचित्रको कथा पनि निर्देशक पाण्डेकै हो । विभिन्न छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभवी युवा निर्देशक पाण्डेको लागि ‘मुक्तिपुर’ ठुलो पर्दाको डेब्यू निर्देशन हुनेछ । यो चलचित्रको ४० दिनको छायांकन सक्ने लक्ष्य रहेको निर्देशक पाण्डेले मुहूर्तमा बताए । आगामी ६ महिनाभित्र चलचित्रलाई प्रदर्शनमा ल्याउने लक्ष्य रहेको पनि पाण्डेले जनाए ।

क्राइम रिभेञ्ज जनरामा तयार हुने यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्ने निर्देशक पाण्डेले बताए । मुहूर्तमा उनले भने,‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्त्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात् उसले गर्ने संघर्ष र सफलताको कथा यसमा प्रस्तुत गरिने छ ।’

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको ‘मुक्तिपुर’मा विशाल श्रेष्ठ कार्यकारी निर्माता, केशव गौतम सह निर्माता छन् । चलचित्रमा सम्राट बस्नेत द्वन्द्व निर्देशक, शरद महतो छायांकार, अकी थापा कला निर्देशक र रूपक प्रताप अधिकारी प्रोडक्सन हेड रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

टियुका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा