कर्णालीमा कोरोना संक्रमितको संख्या ६० पुग्यो

सुर्खेतस्थित कालागाउँमा रहेको कोरोना अस्पताल ।

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दैलेखमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा कोरोना संक्रणको संख्या ६० पुगेको छ ।

शुक्रबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए । नयाँ संक्रमित सबै दैलेख नारायण नगरपालिका रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए । नयाँ संक्रमित हुनेहरुमा नारायण नगरपालिका वडा नः २ मा एक जना, ३ एक जना, ४ तीनजना, ६ एक जना, ८ मा २ जना, ९ मा २ जना १० मा दुई जना, ११ मा दुई जना रहेका छन् ।

दैलेखमा मात्र संक्रमितको सख्या ३० पुगेको छ भने कर्णाली प्रदेशमा ६० जना संक्रमित पुगेका छ । सुर्खेतका पनि ३० जनामा कोरोना संक्रमण भएका छन् । हालसम्म कर्णालीका दुई जिल्लामा मात्रा कोरोनाका संक्रमित छन् । कर्णालीका दश जिल्लामध्ये हालसम्म दैलेख र सुर्खेतमा मात्रै कोरोना संक्रमित भेटिएका छन् । अन्य जिल्लाबाट स्वाव संकलन गरे पनि परीक्षण हुन सकेको छैन । किट अभाव भएपछि सुर्खेतका प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशालाको पीसीआर मेसिन ठप्प छ । दुई दिनदेखि संकलित स्वावहरु सुर्खेतबाट जुम्ला पठाउने गरिएको छ ।

कर्णालीप्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार संक्रमितको संख्या वढ्नेक्रम जारी रहेको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढदै गएको छ । कर्णाली प्रदेशमा भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको जोखिम बढेको छ । कोरोना संक्रमित सवैको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित