काठमाडौं । कोशी प्रदेश सरकारमा सत्ता समीकरण बद्लेसँगै नेकपा एमालेले मुख्यमन्त्री पनि फेर्ने भएको छ । वर्तमान मुख्यमन्त्री एमाले सचिव हिक्मत कार्कीको स्थानमा संसदीय दलका उपनेता तीलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भएको बुझिएको छ ।
वर्तमान मुख्यमन्त्री कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेसँगै मेन्याङ्बोको मुख्यमन्त्री बन्ने बाटो खुलेको बताइन्छ । यद्यपि कार्कीलाई महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले बचाउ गरिरहेका छन् । अध्यक्ष ओलीको अगाडि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको केही नलाग्ने एमालेवृत्तमा चर्चा चलेको छ ।
त्यसका लागि उनले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई निवासमै बोलाएर छलफल समेत गरेको एमाले उच्च स्रोतले जनाएको छ । यस आधारमा कतिपयले कार्कीको सट्टा मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन ओलीले खोजेको अनुमान गरेका छन् । मेन्याङ्बोलाई उनका शुभचिन्तकहरुले अग्रिम बधाई पनि दिइरहेका छन् ।
‘प्रतिनिधिसभा निर्वाचनपछि ओली कार्कीसँग असन्तुष्ट रहँदै आएका छन्,’ एक नेता भन्छन्, ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको बहसमा पनि कार्कीले ओलीको लाइनभन्दा फरक मत राख्ने गरेको बुझाइ छ ।’कुनै समय ओलीका अत्यन्तै विश्वासपात्र मानिने कार्की पछिल्लो समय पार्टीको नीतिगत बहसहरूमा फरक कित्तामा उभिन थालेपछि ओलीले उनलाई त्यति नरुचाएको स्रोत बताउँछ ।
सम्बन्धित समाचार
मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?
नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)
कांग्रेस–एमाले खटपटः प्रदेशमा नयाँ गठबन्धनको जोडघटाउ
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
आर्थिक वर्षान्तमा प्रदेश सरकारमा रमिता
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
१५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारी : उपसभापति शर्मा
नेपालको प्रधानन्यायधिस शर्मालाई भारतमा भब्य स्वागत






