जनकपुर स्वच्छता अभियान सञ्चालन गरिने

जनकपुर । धार्मिक तथा एतिहासीक महत्त्व बोकेकोे जनकपुरधामलाई स्वच्छ, सुन्दर र सफा सहर बनाउने अभियान सुरु गरिने भएकोे छ । जनकपुरधाममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज आयोजना गरेको सर्वपक्षीय बैठकबाट हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेका यहाँका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

धार्मिक क्षेत्रमा भएको अतिक्रमण हटाउने, फोहर व्यवस्थापन गर्ने, सरसफाइमा जोड दिने तथा ट्राफिक व्यवस्थापनमा तीनै तहका सरकारका समन्वय गरी स्वच्छता अभियान सुरु गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा मधेस प्रदेश गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेस प्रदेशको राजधानी जनकपुरधामलाई विश्वका पर्यटकको लागि आकर्षकको केन्द्र बनाउने कार्ययोजनासहित रणनीति सर्वपक्षीय बैठकमा पेस गरेका थिए ।

उनले जनकपुरधामको मठमन्दिर, धर्मशाला र पोखरी संरक्षणसहित सडक सरसफाइ, ट्राफिक व्यवस्थापन, ई–रिक्साको व्यवस्थापन, हरियाली प्रवर्द्धन तथा नगरको शौन्दर्यीकरणका लागि कार्ययोजना पेस गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री मनिष सुमनले मधेस प्रदेशका जिल्लामा करिब ८४ हजारको सङ्ख्ययामा ई–रिक्सा रहेको बताउँदै ई– रिक्सालाई व्यवस्थित गर्नका लागि कानुन निर्माणको तयारी मन्त्रालयमा भइरहेको जानकारी दिए । उनले मधेशमा जनचेतनाको अभाव भएका कारण आफ्नो घरको फोहर सही तवरले व्यवस्थापन गर्न नसकेको कारणले नगर अव्यवस्थित बन्न नसकेको बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेलले जनकपुरधाममा बढ्दो जनसङ्ख्या र बाहिरबाट आउने तीर्थयात्रीको सङ्ख्या तथा सहरी क्षेत्रको बढ्दो चाँपका कारणले नगरको व्यवस्थापनका चुनौती देखिएको बताउँदै नगर प्रहरीको सङ्ख्या बढाउन सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान