पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति

तनहुँ । यहाँको आँबुखैरेनी अस्पतालमा एकै दिन तीन गर्भवतीलाई शल्यक्रियामार्फत् सुत्केरी गराइएको छ ।

मङ्गलबार शल्यक्रियामार्फत ती गर्भवती सुरक्षित रूपमा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालका डा देवेन्द्र गौतम नेतृत्वको टोलीले शल्यक्रियामार्फत् सुत्केरी गराएको हो । अस्पताल प्रशासनले सीमित स्रोतसाधनकाबीच पनि सेवा प्रवाह प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले बताए ।

यसअघि शल्यक्रियामार्फत् प्रसूति सेवा लिन सदरमुकाम दमौली, चितवनको भरतपुर वा पोखरा जानुपर्ने बाध्यता रहेकामा पालिकास्तरीय अस्पतालमै उक्त सुविधा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

एकैदिन विपद्का ४२ घटना