बालेन प्रधानमन्त्री भएको खुशीयालीमा पुजन्देखि भोजनसम्म

राजविराज । बालेन्द्र शाह देशको ४३औं प्रधानमन्त्री नियुक्त भई शुक्रवार पदभार ग्रहण गरेको तथा मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको जन्मजयन्तीको अवसर पारेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

रामनवमीका दिन शाहले प्रधानमन्त्री पदको पद्भार ग्रहण गरेको र यसैदिन मधेसी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व. सिंहको जन्मजयन्ती परेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटिले विशेष कार्यक्रमको आयोजना गरेको हो ।

तिलाठी कोइलाडी गाउँपालिका–१ रास्वपा वडा कमिटिका अध्यक्ष ज्योतिष कुमार झाले बालेन शाह देशको प्रधानमन्त्री भई पदभार सम्हालेको तथा यसैदिन मधेशवादका प्रणेता स्व. सिंहको जन्मजयन्ती परेकाले खुशियाली स्वरुप गाउँमा कन्या पुजन् सहित कन्याभोज र ब्राह्मण भोजको आयोजनाको गरिएको बताए ।

रास्वपा नेता सुरजित सिंह गुड्ड्ले खुशियालीमा साँझ गाउँपालिका दिपावली मनाउने तयारी समेत गरिएको जानकारी दिए । प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुनाले लामो समयदेखिको मधेशका जनताको चाहनाले साकार रुप दिएका छन् भने अर्को तिर मधेशका मसिहाको ९७औं जन्मजयन्ती परेकाले हामी निकै खुशी छौं, उनले भने– “खुशीयाली साटासाट गर्न यस्ता विशेष कार्यक्रमहरुको आयोजना गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी