नेपालको उच्च शिक्षामा रुपान्तरण कसरी ?

पोखरा । नेपालको उच्च शिक्षालाई कसरी विश्वस्तरमै प्रतिस्पधात्मक बाटोमा लैजान सकिन्छ भन्ने’bout पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

विश्वविद्यालय अनुदान आयोग सहयोगमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले ‘नेपालमा उच्च शिक्षाको रूपान्तरणः विश्व प्रतिस्पर्धातर्फका मार्गहरू’ विषयक सो सम्मेलन आयोजना गरेको हो । चैत १२ देखि १४ गतेसम्म चल्ने सम्मेलनमा अनुसन्धानकर्ता तथा विज्ञबीच घनीभूत छलफल हुनेछ । सम्मेलनले नेपाली परम्परागत शिक्षण सिकाइ कसरी प्रविधिमैत्री, अनुसन्धानमुखी र बजारसापेक्ष बनाउने भन्ने दिशाबोध गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको दोस्रो दिन शुक्रबार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै यो सम्मेलन आगामी दिनमा सिर्जनात्मक र नवीन कार्यहरू सुरु गर्न कोशेढुंगा साबित हुने बताए ।

प्रमुख अतिथि प्राडा अधिकारीले हाम्रा शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षामा जोड दिँदै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्नेखालको पठनपाठन हुन जरुरी रहेको जनाए ।

सो अवसरमा ‘कि नोट स्पीकर’ त्रिभुवन विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केशरजंग बराल र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाँ थिए ।

पूर्व उपकुलपति प्राडा बरालले शिक्षामा राजनीतिक हस्तक्षेप हुन नहुने, वित्तीय व्यवस्थापनको विषयमा सरकारले प्रस्ट रुपमा सक्नेले लागत तिर्नुपर्ने, नसक्नेलाई एउटा पद्दति निर्माण गरेर विश्वविद्यालयलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले भने, ‘यसो भएमा सक्नेले तिर्छन्, नसक्नेले हामीले पढ्न पाएनौं भन्ने हुँदैन ।’ आफू उपकुलपति हुँदा पनि गरिबका निम्ति व्यवस्थित रुपमा छात्रवृत्तिको व्यवस्था मिलाएको स्मरण गरे । उनी भन्छन्, ‘दलितको कोटामा दलित मात्र भएर भएन, गरिब हुनुप¥यो ।’

अर्का पूर्व उपकुलपति खनियाँले विश्वविद्यालयहरूको भविष्य ’emको संख्या र आकारले नभई, तिनीहरूको दृष्टिकोण, नेतृत्व र अनुसन्धान, ज्ञानले निर्धारण गर्ने विचार व्यक्त गरे । सरकारले राष्ट्रको भविष्यलाई आकार दिन हाम्रा उच्च शिक्षा संस्था उत्कृष्टता केन्द्रहरूमा रूपान्तरण गर्न पहल गर्नुपर्नेमा जोड दिए । देशको सामाजिक तथा अर्थतन्त्र विकाससहित यसको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउन हाम्रो उच्च शिक्षालाई पुनर्गठन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले शिक्षाको गुणस्तर सुधार गर्दै परिणाममुखी शिक्षामा जोड दिए । लुम्बिनी वाणिज्य क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जनप्रियले स्थापनाकालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाए ।

जनप्रिय क्याम्पस प्रमुख कृष्णबाबु बरालले तीनदिने सम्मेलनमा ३७ वटा अनुसन्धानपत्र प्रस्तुत गरिने जानकारी दिए । उनले नेपालको उच्च शिक्षालाई विश्वस्तरको स्टाडर्डमा कसरी लैजान सकिन्छ, नेपालको शिक्षाले कसरी विकासमा योगदान गर्न सक्छ, विभिन्न देशको शिक्षाको परिपाटी र ’emबाट सिक्नुपर्ने पाठसहित समग्र शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने विषय’bout छलफल हुने बताए । उक्त सम्मेलनमा हुने छलफलको निचोट सम्बन्धित नीति निर्मातासमक्ष सिफारिस गर्ने लक्ष्य रहेको बताए ।

जनप्रिय क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र पहारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन दीपेन्द्र पहारीले गरे ।

यसैबीच, पहिलो दिन विश्वको परिप्रेक्ष्यमा नेपालको उच्च शिक्षा’bout अन्तरक्रिया तथा राउण्ड टेबल डिस्कसन भएको थियो । बाँकी २ दिन अनुसन्धानपत्र प्रस्तुत तथा प्यानल डिस्कसन हुनेछ । शुक्रबार उच्च शिक्षामा सुधार’bout प्यानल डिस्कसनमा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा सरोज कोइराला र गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा कृष्णराज अधिकारी वक्ता थिए । सहजीकरण प्राडा लेखनाथ भण्डारीले गरे ।

तेस्रो दिन शनिबार गण्डकी विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा नवराज देवकोटा र इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्राडा भरतराज पहारी कि नोट स्पीकर रहेका छन् । साथै, त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्व डिन प्राडा रमेशराज कुँवर, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईबीच शैक्षिक, औद्योगिक तथा नीतिगतरुपमा जोड्दै पर्यटन उच्च शिक्षाको सुधार’bout प्यानल डिस्कसन हुनेछ । जसको सहजीकरण पर्यटनविज्ञ दीपेन्द्र पहारीले गर्नेछन् ।

२०७२ र २०७३ मा मुलुकभरिका सामुदायिक क्याम्पसमध्येबाट जनप्रिय उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत भएको थियो । पोखराको सिमलचौरस्थित जनप्रिय गण्डकी प्रदेश सरकारबाट पनि प्रदेशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा सम्मानित भएको थियो । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक क्युएए प्रमाणपत्र प्राप्त गरिसकेको क्याम्पस प्रशासक एकनारायण अर्यालले जानकारी दिए ।

प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पढाइ हुने जनप्रियमा स्नातक तथा स्नातकोत्तर तहमा कक्षा संचालन भइरहेको छ । स्नातकोत्तरमा एमबिएस र एमबिए–एचएम पढाइ हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल