कृष्णबहादुरको सपना : पानी ओताउने घर

इलाम । इलाम नगरपालिका ५ भोर्लेनीका कृष्णबहादुर लिम्बु ५८ वर्ष पुगे । उनी अपाङ्गता भएका व्यक्ती हुन । उनको बोली प्रस्ट आउँदैन, तर चाहना भने आफ्नो परिवारका लागि पानी ओतिने घर बनाउने सपना छ । कृष्णबहादुर श्रीमती र ९ वर्षकी कान्छी छोरीसँग भाटाको टाटीले ’boutको जीर्ण घरमा बस्दै आएका छन् । हावा हुरी चल्दा टाटी उडाने हो कि भन्ने चिन्ता हुन्छ भने वर्षासँगै घरको छानोबाट पानी चुहिने समस्या त छँदै छ । हिउँदमा हुरी र बर्खामा झरी जसले गर्दा उनीहरूको दिन रात घरकै छानो हेरेर बितेको छ ।

दैनिक ज्याला मजदुरी गरेर जसो त्यसो जीवन निर्वाह गर्दै आएका कृष्णबहादुरले गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्ने जस्ता कामबाटै परिवार चलाउँदै आएका छन् । यो सँगै उनले एउटा गाई, बाख्रा र सुँगुर पनि पालेका छन्, जसले परिवार चलाउन केही सहयोग पुगेको छ । कृष्णबहादुरका तीन सन्तान छन् । दुई छोरी मध्ये एकको विवाह भई सकेको छ भने छोरा आफन्तकोमा छन् । साथमा नौ वर्षकी कान्छी छोरी सँगै दैनिक सङ्घर्ष गरिरहेका छन् । कान्छी छोरी कक्षा छ मा पढ्दै छिन । उनको सङ्घर्षमा एउटा सपना छ हावा हुरी र पानी ओताउने घर बनाउने । गाउँ घरमा जो सँग भेट हुँदा पनि सधैँ उनी घर बनाउनु छ भन्ने गर्छन ।

हुन पनि सामान्य हावाहुरी चल्दा घर हल्लिने, र वर्षा लाग्दा छानोबाट पानी चुहिने समस्याले आजीत बनेका थिए । वर्षा याममा रात कटाउनै मुस्किल हुने उनी बताउँछन् । त्यसैले उनको सपना सानो घर बनाउने थियो ।

दैनिक जीविका पार्जनका लागि कृष्णबहादुर गाउँघरमा जे काम पाइन्छ, त्यही गर्छन् । दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्ने जस्ता काम गरेर परिवार चलाउँदै आएका उनी कामप्रतिको लगनशीलता र मेहनतले गाउँघरमा सबैको प्यारो छन् । गाउँमा सबैको माया र सहयोग पाएका कारण उनको दैनिकी जेनतेन चलेको छ । तर, सङ्घर्षबिच उनको एउटा ठुलो सपना अधुरै छ, टिनको छानो भएको आफ्नै घर बनाउने । अहिलेको जीर्ण घरमा बस्दा हुने समस्या र असुरक्षाले उनलाई सधैँ सताइरहन्छ । त्यसैले उनी जसलाई भेटे पनि एउटै कुरा दोहो¥याउँछन्, “मलाई एउटा घर बनाउन छ ।” उनको यो चाहना आधारभूत आवश्यकता हो । सुरक्षित बासको अभावमा उनी र उनका परिवार ोखिमपूर्ण जीवन बिताइरहेका छन् ।

उनको घरको अवस्था र उनको सपना घर बनाउने भन्ने थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्व अध्यक्ष, इलाम पोस्ट दैनिकका सम्पादक सटेन्द्र जवेगूले सामाजिक सञ्जाल मार्फत उनको घर बनाउने अभियान सुरु गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु भएको उक्त अभियानबाट तीन लाख ५० हजार रुपैयाँ रकम सङ्कलन भई सकेको छ ।

उनले कृष्णबहादुरकै नाममा खाता खोलेर रकम सङ्कलन गरिरहेको र वैशाख सम्ममा कम्तीमा पाँच लाख रुपैयाँ सङ्कलन गरी घर निर्माणको लागी तयारी गरिरहेको बताए । कृष्णबहादुरको चाहाना अनुसार नै दुई कोठा भएको घर साथै किचन र ट्वाइलेट बाथ रुम बनाउने जवेगू बताउँछन् । सङ्घर्षमा जीवन बिताइरहेका कृष्णबहादुरले थाहा पाइसकेका छन् अब मेरो सपनाको घर बन्दै छ । उनी हाँस्दै देखाउँछन् यहाँ घर बनाउने भनेर । उनको चाहाना अनुसारकै घर बनाइदिने जबेगूको सोच छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना