काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पनि पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पनि पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान सुविधानगरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको ४ दिनपछि उनलाई पनि पक्राउ गरिएको हो । पक्राउ परेका रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी  थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । जेनजी आन्दोलनमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक गत शनिबार नै पक्राउ परेका थिए । 

तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । जाँचबुझ आयोगसमक्ष रिजालले सो बनाउन दिएका थिए । 

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना