काठमाडौं । नेकपा एमालको संसदीय दलको बैठक आज बुधबार बिहान ११ बजे बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेको जनाइएको छ ।
एमालेका सबैजसो पदाधिकारी निर्वाचनमा पराजित बनेकाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता चुनिने सम्भावना बढी छ । थापा समानुपातिक तर्फबाट सांसद निर्वाचित भएका हुन् । तर, कतिपय एमालेकै नेताहरुले भने संसदीय दलको नेता युवालाई बनाउनुपर्ने सुझाव दिँदै त्यसको लागि सुहाङ नेम्बाङ उपयुक्त हुने तर्क गरेका छन् ।
भोलि बिहीबारदेखि संसद्को अधिवेशन सुरु हुँदैछ ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिटसहित २५ सिट जितेको छ ।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका ’boutमा जानकारी गराउने छन् ।






