एमालेको कार्यवाहक अध्यक्षमा बादल

काठमाडौैं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेकाले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अध्यक्ष  ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका उनी हिरासतबाट बाहिर नआउँदासम्मका लागि उनलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेर दिएको पत्रको ब्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भने ।

एमालेको आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता पनि चयन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम