काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।
सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।
तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। प्रवक्ता गिरीका अनुसार, अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारी’bout प्रस्ताव पेश गरिनेछ।
त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।
शुक्रबार दिउँसो अर्यालले उम्मेदवारी गरेका थिए। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)






