लमजुङमा बस दुर्घटना : दुईको मृत्यु, १२ घाइते

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मस्र्याङ्दी गाउँपालिका–७ मा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा मस्र्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीया पुष्पा घले रहेको प्रहरीले जनाएको छ ।

लमजुङका डीएसपी जितेन्द्रकुमार बस्नेतले घटना’bout थप विवरण आउन बाँकी रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ