काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला यही महिना नेपालमा आयोजना हुने भएको छ । मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले लिग २ को नयाँ तालीका आज सार्वजनिक गरेको हो नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुने छ ।
शृङ्खलामा जम्मा ६ खेल हुने छन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई दुई पटक आपसमा भिड्ने तालीका छ ।
पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धामा उत्रिनेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुने छ । यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् । अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।
तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)






