डिफेन्डिङ च्याम्पियन एनआरटीको संघर्षपूर्ण जित

इलाम । इलामको ठूलो टुँडीखेलमा जारी तेस्रो इलाम गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) कठिन जितसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार भएको खेलमा चित्लाङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । १७औँ मिनेटमा आदित्य शाक्यले फ्रिकिकमार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको सुरुवातबाटै चित्लाङ आक्रामक देखिएको थियो । तेस्रो मिनेटमै सोलोमनले डिबक्स नजिकबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक विशाल सुनुवारले पञ्च गर्दै खतरा टारे । १०औं मिनेटमा पनि चित्लाङले आक्रमण दोहो¥यायो भने २३औं मिनेटमा एरोनको प्रहारलाई गोलरक्षकले फेरि पन्च गर्दै बचाए । त्यसपछि प्राप्त कर्नरमा एरोनकै बलमा सोलोमनको हेडर बाहिरियो । १७औं मिनेटमा खेल बदलियो । चित्लाङले एनआरटीका रोशनलाई डिबक्स छेउमा फाउल गरेपछि पाएको फ्रिकिकको अवसरलाई आदित्य शाक्यले सिधै जाली चुमाउँदै न्युरोडलाई अग्रता दिलाए ।

३३औँ मिनेटमा विज्ञान खड्काको वन–भर्सेस–वन प्रहारलाई गोलरक्षक चन्द्रसुन्दर श्रेष्ठले उत्कृष्ट बचाउ गरे । त्यस लगत्तै जन्मजय धामीको क्रसमा विज्ञान फेरि चुके । ३०औं मिनेटमा चित्लाङले बराबरी गर्ने राम्रो अवसर गुमायो भने ३९औँ मिनेटमा सोलोमनको डिबक्स बाहिरबाट आएको प्रहारलाई विशालले उत्कृष्ट बचाउ गरे ।

मध्यान्तरअघिको अतिरिक्त समयमा आशिषको डिबक्सभित्रको प्रहारलाई पनि गोल रक्षकले रोके ।

मध्यान्तरपछि चित्लाङले लगातार दबाब सिर्जना ग¥यो । ५१औं मिनेटमा विदेशी खेलाडी म्याथ्युको प्रहारलाई विशालले पन्च गरेपछि एरोनले रिबाउन्डमा मौका गुमाए । त्यसलगत्तै मदन सत्यालको प्रहारलाई विवेक गुरुङले रोकेर न्युरोडलाई गोलबाट जोगाए । ५९औं मिनेटमा एरोनको फ्रिकिक प्रहार सिधै दर्शकदीर्घातर्फ गयो । त्यसपछि पनि चित्लाङले आक्रमण जारी राख्यो तर फिनिसिङ कमजोर बन्योे ।

न्युरोडले काउन्टर अट्याकमा अवसर सिर्जना गरिरह्यो । ६३ औं मिनेटमा लक्षु थापाले अग्रता दोब्बर गर्नेे अवसर गुमाए । ६६औँ मिनेटमा विवेक गुरुङको क्रसमा विज्ञान चुके चुक्ता ८७औं मिनेटमा माइकलले पाएको अवसर पनि गोलमा परिणत हुन सकेन् । इन्जुरी समयमा लक्षु थापाको क्रसमा रोशन वन–भर्सेस–वन अवस्थामा पुगे पनि उनको प्रहार पोस्ट छेउबाट बाहिरियो । ८६औं मिनेटमा प्रतिकको क्रसमा एरोनको फितलो प्रहारलाई गोलरक्षकले सहजै बचाएपछि चित्लाङको आशा अन्त्य भयो ।

खेलभर आक्रामक देखिए पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा चित्लाङ क्वाटर फाइनलबाटै बाहिरियो भने न्युरोडले कठिन एक गोलले अन्तिम चारको स्थान सुरक्षित गर्यौ । निर्णायक गोलकर्ता आदित्य शाक्य खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती