बारा । बारामा नगरप्रहरीले ज्यादती गरेको तथ्य बाहिर आएको छ । कलैया बजारमा व्यापारीहरू माथि नगरप्रहरीले ज्यादती गरेको भिडियो सार्वजनिक भएको छ ।
नगरप्रहरीको कहरले व्यापारीहरुको व्यापार ठप्प भएको दिनानाथ दास बताउछन । आफ्नो पसल अगाडी राखेको ४० केजीको खुर्सानीको बोरा उठाएर गाडीमा लोड गरि व्यापारीहरूको मनोबल गिराउने काम गरेको उनले बताए ।
त्यस्तै मिठाई पसल संचालन गरेका शम्भु गुप्ताको पसलमा पसेर नगर प्रहरीले समान छितरबितर गरी गाली गलौज समेत गरेको गुप्ताले बताए ।
फलफूल पसल संचालन गरेक रोहन गुप्तालाई मर्नासान घिसारेर लगेको घटनाले व्यापारीहरु त्रसीत बनेका छन ।
आफु पसलमा बसेको बेला अपराधी झै घिसारेर किन लगियो, बुझनै नसकेको गुप्ता बताउछन ।
नगरप्रहरीको झुण्ड आएर पसल भित्रबाट घिसारेर मर्नासय गरि लगेको फुलेना देवी बताउछिन । रोहन मेरो साईडमा पसल भित्र बसेको आफु प्रत्यक्षदर्शी रहेको उनले बताइन ।
नगरप्रहरीले ज्यादती गरेको भिडियो समाजिक संजालमा आएको प्रति नगरप्रमुख विनोद साहले आफु बाहिर रहेको बताए । नगरप्रहरीले बाटो फराकिलो बनाउन समान उठाउदा समान्य झडप भएको भिडियोमा देखेको उनले बताए । भिडियो हेर्दा नगर प्रहरीले गरेको अमानविय व्यवहारले व्यापारीहरूले दुख पाएको स्विकार्छन। अब उपरान्त नेपाल प्रहरीको सहयोगमा सरसफाइ गर्ने उनले बताए ।
सम्बन्धित समाचार
अवकाशप्राप्त शिक्षिकाद्वारा साइकल र स्टेशनरी वितरण
वीरगन्ज बजार क्षेत्रको सडक विस्तार बिहान साढे चार बजेवाट
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
भिजिट भिसामा ओमान जाने नेपालीहरू ठगीको जोखिममा
एमालेबाट निर्वाचित मेयर साह आजपा प्रवेश
नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
ज्यानमार्ने उद्योगमा ठूला उन्काउने त्रासः पीडित





