बारा । ब्रहमकुमारी राजयोग केन्द्र कलैयाद्वारा रक्तदानको आयोजना गरिएको छ । संस्थाकी पूर्व मुख्य प्रशासिका डा. दादी प्रकाशमणिको १९ औं पुण्य स्मृति दिवसको अवसरमा रक्तदानको आयोजना गरिएको थियो ।
ब्रह्माकुमारीज समाज सेवा प्रभाग कलैयाद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकन भएको संचालीका मिना दिदीले जानकारी गराईन । डा. दादी प्रकाशमणिको पुण्य स्मृति दिवसको अवसरमा रक्तदान, विभिन्न विधालय, कलेजमा योग ध्यान लगायतको कार्यक्रम गरि मनाउने गरेको उनले जानकारी गराईन ।
रक्तदान कार्यक्रम ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैयाका सञ्चालिका मिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका उप प्रमुख रौशन परवीन तथा गोपाल सेवा समितिका अध्यक्ष जंबहादुर यादव, रक्तसञ्चार कलैयाका प्रमुख राजाबाबु गुप्ता लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा श्री दुर्गा नमुना मावि बरेवा र श्री ३ चन्द्र मावि कलैयाको विशेष सहयोगमा रक्तदान कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न भएको छ ।
सम्बन्धित समाचार
सप्तरीमा हराएका २६ मध्ये २० जना भेटिए
उपभोक्ता कानून ल्याउन प्रदेश सरकारलाई नैतिक दवाव
गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन
बकैया नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता
अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ
गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
रौतहटबाट तीर्थयात्रा हिडेको बस भारतमा दुर्घटना दम्पतीसहित ३ को मृत्यु






