भक्तपुर । सूर्यविनायक नगरपालिकाको सभा हल । मञ्चमा १५ वर्षीया सुरबी बस्नेत नगरसभाको सभापति बनेर सभा सञ्चालन गरिरहेकी थिइन् । तर यो कुनै असली नगरसभा भने थिएन ।
देशको राज्य व्यवस्था सञ्चालन र सुशासन’bout बालबालिकालाई जानकारी दिने उद्देश्यले सूर्यविनायक नगरपालिकाको आयोजना, कन्र्सोटियम नेपालको सहआयोजना तथा सिविसलगायतका संस्थाको सहयोगमा सूर्यविनायक नगरपालिकाभित्रका वडा नं– १ देखि १० सम्मका विभिन्न बाल क्लबका प्रतिनिधि एवं बालबालिकाहरुलाई नमूना बाल नगरसभा सम्बन्धी तालिम सञ्चालन गर्दाको दृश्य हो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले भोलिका कर्णाधारका रूपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्ने’boutमा जानकारी दिन नमूना बालसभा उपलब्धिमूलक रहेको बताए ।
बाल सहभागिता संविधानदेखि व्यवहारसम्म भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको सभा आजको समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमल्सिनाले बालबालिकाको आवाज र नीतिमा सकारात्मक ऊर्जा दिएको बताइन् ।
बालबालिकाहरुले नैसभा सञ्चालन गर्ने, सभामा सभापति, उपसभापित, सचिव, कार्यपालिकाका सदस्यहरुको चार दिन अगाडि निर्वाचन गराएर विजयी गराइ नमूना सभाको अभ्यास गराइ आज सम्पन्न गरिएको कन्र्सोटियम नेपालकी उपाध्यक्ष एवं सिविसकी महासचिव अनिता पाण्डेले जानकारी दिए ।
बालबालिकामा नेतृत्व, आत्मविश्वास र अभिव्यक्ति क्षमता विकास गर्ने र वडा तहदेखि नगरपालिका हुँदै संसद्सम्म ऐन, नीति, नियम कसरी निर्माण गर्ने, जनताको आवश्यकताको पहिचान कसरी गर्ने, सुशासन कसरी कायम गर्ने, निर्वाचन कसरी गर्ने, निर्वाचन पछि राज्य व्यबस्था सञ्चालन कसरी गर्ने भन्ने’boutमा प्रयोगात्मक रुपमा अभ्यास गरी बालबालिकालाई सक्षम बनाइएको उनले बताए ।
सम्बन्धित समाचार
विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
बागमती प्रदेशमा बढाइयो सार्वजनिक यातायातको भाडा
धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास
विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो






