काठमाडौं । साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहास’bout भावी पुस्तालाई जानकारी दिने उद्देश्यले वैशाख २१ गते दुगुनागढी–लिस्तीकोट ‘माउन्टेन ट्रेल रेस’ आयोजना हुने भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको सहयोग तथा नेपाली सेनाको इन्द्रध्वज गणको समन्वयमा २४।५ किलोमिटर दौड आयोजना हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सन् १८५५ मा नेपाल र तिब्बतबीच युद्ध हुँदा नेपाली सेनाका शेर, कालीप्रसाद र गोरखनाथ गणले हाल चीनको स्वशासित क्षेत्रको कुती जाने बाटोमा रहेको लिस्ती देवीको दर्शन गरेर राशनपानी, आवास र सुरक्षाका निम्ति दुगुनागढी निर्माण गरेका थिए । उक्त युद्धमा नेपाल विजयी भएका थिए ।
सिन्धुपाल्चोक जिल्लाका ऐतिहासिक महत्वका यी स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु एक लाख १० हजार, ७५ र ५५ हजार प्रदान गरिनेछ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि
इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य






