चितवन । राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा अण्डा सङ्कलन गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय र वन्यजन्तुको खतरा भएका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ । गतवर्ष राप्ती नदीमा १८ वटा गुँड भेटिएकामा तीबाट दुई सय ३२ वटा अण्डा निकालिएको उनले जानकारी दिए ।
सूचना अधिकारी थापामगरले भने, “जोखिम क्षेत्रमा रहेका गुँडबाट मात्रै अण्डा सङ्कलन गरिएको हो । सुरक्षित स्थानमा रहेका गुँडका अण्डालाई प्रकृतिमा नै छोडिएको छ । सङ्कलित अण्डा कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिएको छ ।”
गोही प्रजनन् केन्द्रमा हरेक वर्ष सङ्कलन गरी ल्याइएका अण्डालाई कोरलेर पाँच वर्ष पुगेका गोहीलाई नदीमा छाड्ने गरिन्छ । अघिल्ला वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यसवर्ष राप्ती नदीमा मात्र खोजिएको सूचना अधिकारी थापामगरले बताए ।
सम्बन्धित समाचार
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
१३औँ नेपाल उल्लु महोत्सवमा चार संरक्षणकर्मी सम्मानित हुँदै
‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’
जथाभाबी पार्किङ गर्ने सवारी साङ्लोमा बाँधिएपछि…
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित






