बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला

काठमाडौं । महानगरपालिका–१४ स्थित बागमती नदीको पुल क्षेउबाट प्रहरीले शुक्रबार ५५/५६ वर्षका ईन्द्रबहादुर राईको शव निकालेको हो।

उनी बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको र २/३ दिनदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

एसपी भट्टराईले भने, ‘उहाँ (ईन्द्रबहादुर)को परिवार बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको थाह भएको छ। उहाँ २/३ तीनदेखि परिवारको सम्पर्कमा नरहेको भन्ने बुझिएको छ। थप अनुसन्धान हुँदैछ।’

बल्खु क्षेत्रको सुकुम्बासी बस्ती प्रहरीले डोजर लगाएर खाली गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका स्थानीयले बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्धको म्याचमा नेपालको रोमाञ्चक जित