सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा थप एक प्रहरीसहित पाँच जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ । सोमबार वडा नं. १ मा २७ जना, वडा नं. २ मा १ जना, वडा नं. ४ मा ४ जना, वडा नं. ५ मा १ जना, र वडा नं. ७ बस्ने क्वारेन्टाइनकाका एक जना भान्से, त्यस्तै कविलासीकै क्वारेन्टाइनमा रहेका बसवरीया गाउँपालिका वडा नं. ४ का १ जना र गोडैता नगरपालिका वडा नंं. ५ का १ जना गरी जम्मा ३६ जनामा कारोना संक्रमण देखिएको छ ।
३६ जनामा कारोना संक्रमणको पुष्टि भएसँगै शंका लागेको व्यक्तिहरुको गए साँझ नै आरडीटी किटमा १९ जनाको रगत परीक्षण गरिएको थियो र तीमध्ये ५ जनामा आरडिटी पोजेटभ आएको कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर यादवले बताए । जेठ ११ गते अगरबा क्वारेन्टाईनमा ६० जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । रिपोर्ट ढिलो गरी हिजो आएको हुँदा ६० जनामा ३६ जनाको पोजेटिभ मात्र आएकोले पुन क्वारेन्टाईनमा बसेको १९ जनाको आरडिटी टेष्ट गर्दा ४ जनामा आरडिटी पोजेटिभ देखिएको छ । अग्रपन्तीमा काम गर्ने कर्मचारी, प्रहरी गरी १० जनामा पनि आरडिटी टेष्ट गर्दा १ जना प्रहरीमा पाजेटिभ देखिएको नगर प्रमुख यादबले बताए ।
यो सँगै कविलासीमा मात्र पिसिआर प्रविध मार्फत ३७ जना र आरडीटी टेष्ट मार्फत ५ जना संक्रमित देखिएको नगर प्रमुख यादवले बताए । हिजो देखिएको संक्रमित मध्ये वडा नं. १० को एक जना संक्रमित भारतको राचिबाट आएर घरमै बसेको थिए । ‘समुदायमा पुरै घुलमिल गरिसकेकोले हामीले ती संक्रमित व्यक्तिको ट्रेसिङ्ग गरी अन्दाजी ५० जना सम्मको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने छौं’, नगर प्रमुख यादबले भने । संक्रमित सबैको नगरपालिकामै आइसोलेसन वार्ड तयार गरी राखिने नगर प्रमुख यादवले बताए । पिसिआर प्रविधि मार्फत संक्रमित भएको ३७ जना मध्ये एक जनाको काठमाडौंमै उपचार भइरहेको छ ।






