मनाइयो विजय मल्ल शताब्दी

काठमाडौं । नइ प्रकाशनले आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै ‘विजय मल्ल शताब्दी महोत्सव’ मनाएको छ । समारोहमा प्रा.डा.वासुदेव त्रिपाठीले डा.साधना पन्त ‘प्रतीक्षा’को कृति ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’ जीवनीकृत विमोचन गरे ।

विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा योगदान पु¥याएको भन्दै भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्यकर्मी र चलचित्रकर्मीलाई २०८२ समारोहमा ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरियो । नेपाली साहित्य र नाट्य क्षेत्रमा विजय मल्लले पु¥याएको योगदान र विमोचित कृतिमाथि कार्यक्रममा स्रष्टाहरूले चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

२८ जनामा नपर्ने नि के पत्रकार !