काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकार ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ अनुसार चलेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठकपछि विशेष सम्बोधनका क्रममा थापाले सरकार र सत्तारुढ रास्वपाका विषयमा व्याख्या गर्दै राज्य सही ढंगले नचलेको बताएका हुन् । उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै कडा आलोचना गरे ।
सभापति थापाले पछिल्लो समय सरकार मिडिया र पत्रकार मात्र होइन, राज्यकै प्रमुख निकायका प्रमुखलाई पनि जतिबेला मन लाग्यो त्यतिबेला उठाउने लहड चलेको बताए ।
कहिले मिडिया र नेताको घरअगाडि गाडी तेर्साउने, पत्रकारलाई समाचार कक्षबाटै उठाउने, संवैधानिक अंगका पदाधिकारी र अधिकृतलाई उठाएर आठ दश घन्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर केरकार गर्नेलगायतका काम हुँदा पनि रास्वपाले यस’boutमा टिप्पणी र विज्ञप्ति निकाल्नेबाहेक कुनै काम नगरेको बताए ।
रास्वपाले सरकारले गरेका राम्रा कामको अपनत्व लिने, तर गलत कार्य गर्दा कुनै जिम्मेवारी नलिने, स्वामित्व नलिने, प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन नचाहने गरेको थापाको भनाइ छ ।
सम्बन्धित समाचार
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
कोष उपाध्यक्षमा नियुक्त आनीको नागरिकतामा प्रश्न
एकताबद्ध र अनुशासित ढंगले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली
इनम सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले खोले मुख
नेपाली सेनाले भन्योः सुरुङभित्र ३७ जनाको शव भेटिएको थियो
बालेन सरकार हल्लाउने बिचौलिया सेटिङ
पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
‘विवादमा आएका न्यायाधीशविरुद्ध महाभियोग !’






