न्युजिल्यान्डतर्फ नेपथ्य टिम

काठमाडौं । नेपालको लोक रक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ । त्यसको लागि आफूहरू सोमबार न्युजिल्यान्ड जाने उनीहरुले जनाएका छन् ।

यो ब्यान्डले आइतबार पत्रकारहरूलाई सो ’bout जानकारी गराएको हो । क्यानडामा कन्सर्ट गरेर फर्किएको दुई हप्ता नपुग्दै आफूहरू सोमबार न्युजिल्यान्ड जान लागेको टोली प्रमुख एवम् गायक अमृत गुरुङले बताएका छन् ।

नेपथ्यले न्युजिल्यान्डको उत्तरवर्ती टापुको सहर अकल्यान्डमा कन्सर्ट गर्दै छ । त्यहाँको ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा आगामी आइतबार साँझ कन्सर्ट प्रस्तुत गर्ने पनि अमृतले जानकारी गराएका छन् । आफूहरू न्युजिल्यान्डमा ९ वर्षपछि जान लागेको पनि उनले बताए । अमृतका अनुसार नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो ।

त्यहाँ कन्सर्ट गर्नुको कारणबाले गायक अमृतले भने‘न्युजिल्यान्ड भन्नेबित्तिकै हाम्रो मुलुकलाई अत्यन्त माया गर्ने प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको श्रद्धापूर्वक सम्झना हुन्छ,’ उनले अगाडि थपे, ‘मेरो आफ्नै बाल्यकालको गण्डकी बोर्डिङ स्कुलका हेड सर न्युजिल्यान्डका ब्रायन उडलाई पनि सम्झन पुग्छु । उहाँको निधन नेपालमै भएको थियो ।’

यो कन्सर्टको टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ र कार्यक्रमको मिति भन्दा केही दिन अघि नै सबै टिकट बिक्री हुने संकेत देखिएको आयोजक पक्षले जनाएको छ । मुख्य गायक अमृतका अनुसार स्थानीय आयोजकले त्यहाँको आदिवासी माउरी समुदायको परम्परागत ‘हाका शैली’ मै सोमबार यताबाट जाने नेपथ्य टिमलाई स्वागत गर्दै छ ।

यस पटकको कन्सर्टमा नेपथ्यबाट अमृतलाई ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

फिलिपिन्सको समर टापुमा शक्तिशाली भूकम्प