काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन्। बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो।
सीआईबीले बिमा प्राधिकरणको सिफारिस तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठलाई वैशाख १५ गते काठमाडौं महानगर क्षेत्रको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो। उनीमाथि बीमा ऐन उल्लंघन गरेको आरोप लगाइएको छ।
यसअघि नेपाल बिमा प्राधिकरणले वैशाख ८ गते नै कम्पनीले बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर गरेको ठहर गर्दै थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
अन्वेषण अध्ययन रिपोर्टले भन्यो ‘सम्मानजनक प्रसूति सेवामा दुर्व्यवहार र हिंसा डरलाग्दो’
१४ किलो चरेशसहित ४ जना पक्राउ, मुख्य ‘मालिक’ भने अझै फरार
विद्युतीय सवारीसाधन रूपान्तरणमा सरकारी सहयोगमा जोड
सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता
उद्घाटन खेलमा आयोजक विजयी
नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ
भ्रामक समाचारप्रति डा. ल्हारक्याल लामाको गम्भीर आपत्ति





