पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितता प्रकरणमा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे पनि मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा तेस्रो मुद्दा विशेष अदालतमा दर्ता गर्दा गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे पनि भ्रष्टाचार काण्डमा परेका हुन् । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव हुन् ।
बिहीबार अख्तियारले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । जसमा तत्कालीन २ जना सचिवहरु पनि परेका छन् ।
मुद्दा दायर गरिएका अन्य उच्च पदाधिकारीहरुमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने हुन् । सोही भ्रष्टाचार प्रकरणमा यसअघि दायर मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरु भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोस्टबहादुर बोगटी गरी ५ जना मन्त्रीहरुलाई समेत विपक्षी बनाइएको थियो ।
सम्बन्धित समाचार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा साम्पाङ
नेकपाले बनायो संविधान संशोधन कार्यदल
संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दल बैठक बस्दै
राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन
राष्ट्रपति पौडेलले गरे सरकारले पठाएको अध्यादेश जारी
राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
अनुसन्धानको राडरमा पूर्वसञ्चारमन्त्री जगदीश खरेल सुटुक्क स्वीट्जरल्याण्डतिर






