काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । जेठ ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने उनको भनाइ छ ।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ । यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा थापा
२४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन सर्वोच्चको आदेश
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
शेखर गोल्छा रिहा हुने





