राहदानी छपाइ ठेक्का प्रकरणमा मुछिएका १० कर्मचारीको नालीबेली

काठमाडौँ । राहदानी छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा १० कर्मचारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो तहकिकातपछि विशेष अदालतमा मुद्दा दायर गरेका हुन् । आयोगले सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिअनुसार विभागका महानिर्देशक अर्यालसहित विभागका निर्देशक सुनिलकुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेषप्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुस्करराज नेपालविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरुको टेक्निकल इभ्याअलुसन र फाइनान्सियल ईभ्याअलुसन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरी गराइ आंशिक रकमसमेत भुक्तानी लिइ दिइ भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले संसदीय दलको बैठक जारी