गोठाटारस्थित नागेश्वर मन्दिरको भेटी बाकस चोरी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित नागेश्वर महादेव मन्दिरबाट झण्डै १० लाख रुपैयाँ चोरी भएको छ ।

मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिए ।

सो बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब ८ देखि १० लाख रुपैयाँ रहेको बताए ।

उनले आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएको बताए ।

यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो ।

पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते