सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आइतबार शुक्रबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी