काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित गर्छौं ।’
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।
तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन्।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको थियो । माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष जुन केन्द्रमा परीक्षा दिइयो सोही सेन्टरमा उत्तरपुस्तिका जाँच भएको थियो ।
सम्बन्धित समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
शिक्षामा सीप ‘स्केचिङ एण्ड स्क्ल्पचर प्रदर्शनी’ सुरु
किष्ट हस्पिटल नेपालमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै
टियुका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण






