काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए। उनकाअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको छ ।
कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताए। उनले सवारी चोरी हुनबाट बच्न जिपिएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गरे ।
सम्बन्धित समाचार
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
शेखर गोल्छाको मुद्दा : अदालतलाई कहिले समय पुग्दैन, कहिले हेर्नै मिल्दैन
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
स्रोत नखुलेको रु २७ लाखसहित दुई पक्राउ






