सामाजिक सञ्जालमा गाली आएपछि साइबर ब्युरो पुगे रामकृष्ण

काठमाडौं । चलचित्र ‘मालती मंगले’ शुक्रवारबाट रिलिज भएको छ । तर यो चलचित्रका निर्माता एवम् गायक रामकृष्ण ढकालले एक साता यताबाट सामाजिक सञ्जालबाट व्यक्तिगत एवम् चलचित्रको ’boutमा विभिन्न प्रहार सहनु परको छ ।

यसैबिच उनले बिहीबार साइबर ब्युरो भोटाहिटी पुगेर उजुरी दिए । चलचित्रको विषय भन्दा पनि आफ्नो व्यक्तिगत जीवनलाई असर पर्ने गरी अश्लील गालीसहित चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको भन्दै ढकालले जापानबाट सञ्चालित ‘केकाज अनलाइन नेपाल’ पेजका सञ्चालक विरुद्ध उजुरी दिएका हुन् ।

यस्तै आफू विरुद्ध सामाजिक सञ्जालमार्फत गाली गलौच सहित चरित्र हत्या गर्ने एक दर्जन भन्दा बढी पेज र व्यक्तिलाई पनि उजुरी दिएको समेत ढकालले बताएका छन् । सो उजुरी’bout उनले भने,‘स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै धावा बोल्ने यस्ता घृणित कार्यहरू सहन नसकिने भएकाले मैले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, भोटाहिटीमा विधिवत् रूपमा उजुरी दर्ता गराएको हो ।’

उजुरी दिएपछि ‘केकाज अनलाइन नेपाल’ सञ्चालकले आफूसँग माफी माग्दै सामाजिक सञ्जालबाट गाली गलौचको भिडियो र लेख हटाएको पनि ढकालले बताएका छन् । बाँकी अरू विरुद्धको उजुरीमा पनि साइबर ब्युरोबाट छानबिन पछि कारबाहीको तयारी भइरहेको उनले बताए । यसवारे कतीपयलाई आफूले सचेत गराएको पनि उनले बताए ।

गायक ढकालले यसै साता टेलिभिजनका एक कार्यक्रमलाई दिएको अन्तरवार्तामा गत २४ भदौको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार त्रिपुरेश्वरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो गाडीमा आफूले भगाएर सुरक्षित ठाउँमा लगेको बताएका थिए । उनको सो अन्तरवार्ता प्रशारण भएपछि सामाजिक सञ्जालमा गायक ढकालको व्यापक आलोचना भएको छ ।

चलचित्र ‘मालती मंगले’ रिलिजसँगै शुक्रवार उनले सामाजिक सञ्जालमा एउटा लामो सूचना लेख्दै आफ्नो र चलचित्र ‘मालती मंगले’को विरुद्ध गाली गलौच नगर्न आग्रह गरेका छन् । चलचित्र मन नपरेमा त्यसको ’bout प्रतिक्रिया दिन आफूले नरोक्ने तर आफ्नो चरित्रमा असर पर्ने गरी गाली गरेमा साइवर अपराधको भागीदार हुनु पर्ने पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै