वेबसाइट ह्याक प्रकरण : विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

फाइल तस्बिर

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरूसहित २२ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनालाई प्रतिवादी कायम गरिएको छ ।

प्रतिवादी कायम गरिएकाहरूमा दिवाकर देउजा, भरत धामी, सोली थुक्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवा कन्स्ट्रक्सनका सञ्चालक सागर कटुवाल, काठमाडौं– ३३ घर भएका भाष्करराज अर्याल, गीताञ्जली कन्स्ट्रक्सन दुवही प्रालिका जीवनकुमार दास, शिभांस निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सन प्रालिका टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका अमृत बोहरालाई प्रतिवादी कायम गरिएको छ ।

त्यस्तै, इनकोन प्रालिका सञ्चालक स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुङ्गाना, आशिष निर्माण सेवाका ऋषिकेश गौली, केबिके कन्स्ट्रक्सन प्रालिका सञ्चालक राहुलजङ्ग कार्की, मान कन्स्ट्रक्सनका नारायण प्रसाद खिटिखु, रमिता इन्फ्रास्ट्रक्चर प्रालिका इन्द्रबहादुर बोहरा, एसके कस्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, दक्षिणकाली अल ओभर कन्ट्याक्टका निरन्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माण सेवामा कार्यरत ज्योति सुवेदी, चपुर र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिक कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुजन अधिकारीलाई प्रतिवादी कायम गरिएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा १२ जनालाई पक्राउ गरेको थियो । अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । आरोपीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भर प्रणालीमा अनधिकृत पहुँच राखेर ह्वाट्स एप नम्बर प्रयोग गरेर ठेक्काको विवरण हेरफेर गरेर ठेक्का पारिदिने तथा ठेक्का पार्ने’bout कुराकानी गरेको अभियोग छ ।

आरोपीहरूले २०२३ देखी नै डाटा हव प्रालिको क्लाउड सर्भरमा प्रोटेक्ट टेष्टिङको लागि लिएको भिपिएस सर्भरमा पहुँच बनाएर बिडिङ मूल्यमा हेरफेर गर्दै क्रिप्टो कारोबार समेत गरेको भेटिएको छ । आरोपीहरुलाई क्रिप्टो कारोबार गरेको कसुरमा पनि सजाय गर्न सरकारी वकिलले मागदावी लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

६२ वर्षिय खड्का घर नजिकै मृत भेटिए