खोटाङमा १ हजार १५१ जनाको जग्गा दर्ता प्रमाणिकरण सम्पन्न

खोटाङ । भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङले आफ्नो हालसम्मको कामको विवरण सार्वजनिक गरेको छ । आयोगका निर्वतमान अध्यक्ष निर्मल राईले जिल्ला समन्वय समितिको सभाहलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कामको विवरण सार्वजनिक गरेका हुन् ।

आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार खोटाङमा हालसम्म भूमिहीन दलितका ६२ जना, भूमिहीन सुकुम्बासीका १ सय ६१ जना र अव्यवस्थित बसोबासीका ९ सय २८ जना गरी जम्मा १ हजार १५१ जनाको दर्ता सम्पन्न भएको जानकारी दिईएको छ ।

प्रमाणिकरणतर्फ भूमिहीन सुकुम्बासी दलित २ जना र हलेसी तुवाचुङ नगरपालिका वडानम्बर–७ का भूमिहीन सुकुम्बासी ३ जना, वडानम्बर–८ र १० का अव्यवस्थित बसोबास ३७ जनाको प्रमाणिकरणको काम सकिएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईले सरकारले भूमि व्यवस्था ऐन तथा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी ऐनअनुसार काम अगाडि बढाइरहेको अवस्थामा आयोग खारेज गरिएकोमा असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष राईले विस्थापित सुकुम्बासीको पक्षमा सरोकार पक्ष सबैको ध्यानाकर्षण गराउदै वर्तमान सरकारले भूमि समस्या समाधान आयोग खारेज गरी देशभरका सुकुम्बासीको घरआँगनमा डोजर चलाएर अमानवीय गतिविधि गरिरहेको बताए । आयोग खारेज भएपछि काम गर्न नसक्ने अवस्था भए पनि हालसम्म खोटाङ जिल्लामा भएका कामहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा आयोगका विज्ञ सदस्य विष्णुराज राई र सदस्य दिल कुमारी राईको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

मोबाइलको निहुँमा भनाभन हुँदा …