विश्वकप लिग-२ टस हारेर नेपाल बलिङ गर्दै

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि सुरु हुने शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आसिफ शेख र विनोद भण्डारी ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल टु डाउनमा छन् । मिडल अर्डरमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्शन झा छन् । बलिङमा नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

नेपालले स्कटल्यान्डसँग घरेलु मैदानमा हालसम्म हार बेहोरेको छैन । २ मध्ये २ खेल नै जितेको छ । समग्र हेड टु हेडमा वनि नेपालले ५ खेल जित्दा ४ मा पराजित भएको छ । स्कटल्यान्ड लिग २ अंकतालिकामा दोस्रो स्थानमा रहेको टोली हो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

मोबाइलको निहुँमा भनाभन हुँदा …