काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिमा भएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता कोइरलाले कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका सदस्यताकै आधारमा १५ औं महाधिवेशन हुनुपर्ने बताएका छन् ।
एकताको मुख्य आधार पद वितरण नभई नवीकरण भइसकेका क्रियाशील सदस्यहरुको सम्मान रहेको उनले बताएका छन् । डा. कोइरालाले पार्टीको समग्र एकता नहुँदासम्म कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने बताउँदै पद र व्यक्तिको कुरा गौण रहेको बताए ।
पार्टीको निर्णायक भूमिकामा बस्नेहरूले सामूहिक भावना र साझा विचार प्रदर्शन गर्नुपर्ने भन्दै नेता कोइरालाले भावनात्मक एकता बिना कांग्रेसमा आबद्ध सदस्यहरूको भूमिका सुनिश्चित नहुने बताएका छन् । स्थानीय र प्रदेश निर्वाचन निकट रहेको उल्लेख गर्दै कोइरालाले ती निर्वाचनमा पनि नागरिकको भरोसा जित्न नसके कांग्रेसको राजनीतिक औचित्यमाथि प्रश्न उठ्ने उल्लेख गरेका छन् ।
कांग्रेस सभापति गगन थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

सम्बन्धित समाचार
घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छः सभापति लामिछाने
बालेन सरकारले थप तीनवटा अध्यादेश पठायो शीतल निवास
राष्ट्रपतिको काँधमा ६ अध्यादेशको बोझ
अमेरिकी विशेष दूत गोरले भेटे परराष्ट्र र अर्थमन्त्री
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
सरकारले पदबाट हटायो १५ जना अवैतनिक दूतहरूलाई
कांग्रेसले वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने






