कोशीमा गाँजा ओसारपसारको नयाँ शैली : एम्बुलेन्स नै बन्यो लागूऔषध बोक्ने साधन

सुन्दरहरैंचा (मोरङ) । बिरामी ओसारपसारका लागि प्रयोग हुने एम्बुलेन्सलाई नै लागूऔषध गाँजा तस्करीको माध्यम बनाइएको घटना सार्वजनिक भएपछि कोशी प्रदेशमा सुरक्षा निकाय थप सतर्क बनेको छ। सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएपछि लागूऔषध कारोबारीहरूले अपनाइरहेको नयाँ तरिका’bout गम्भीर प्रश्न उठेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले नियमित सवारी जाँचका क्रममा को.१ च ७३५९ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्दा भित्र प्लास्टिकको बोरामा प्याक गरेर राखिएको ठूलो परिमाणको गाँजा फेला पारेको थियो। प्रहरीले उक्त एम्बुलेन्सबाट ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार गाँजा बरामद भएपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स धरानस्थित “बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि.” द्वारा सञ्चालन हुँदै आएको खुलेको छ।

घटनाले बिरामीको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवामाथि नै प्रश्न उठाएको छ। एम्बुलेन्स जस्तो मानवीय सेवाका लागि प्रयोग हुने साधनलाई लागूऔषध ओसारपसारमा प्रयोग गरिएको विषयलाई प्रहरीले गम्भीर अपराधका रूपमा लिएको छ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरू पछिल्लो समय लागूऔषध कारोबार र ओसारपसारको प्रमुख ट्रान्जिट बन्दै गएको प्रहरी तथ्यांकले देखाएको छ। दैनिकजसो लागूऔषध कारोबारी पक्राउ परिरहेका भए पनि यसको प्रयोग र तस्करी नियन्त्रणमा चुनौती थपिँदै गएको छ।

विशेषगरी गाँजा, ब्राउन सुगर, ट्याब्लेट तथा अन्य लागूऔषध ओसारपसारका लागि तस्करहरूले नयाँ–नयाँ तरिका अपनाउन थालेको प्रहरीको भनाइ छ। पछिल्लो समय एम्बुलेन्स, पिकअप भ्यान, भारतीय नम्बर प्लेटका गाडी तथा मालवाहक ट्रकलाई लागूऔषध बोक्ने माध्यमका रूपमा प्रयोग गर्ने क्रम बढ्दै गएको पाइएको छ।

यस विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले भने, “लागूऔषध उत्पादन, सञ्चय, बेचबिखन, ओसारपसार तथा सेवन कानुनअनुसार दण्डनीय अपराध हो। प्रहरीले प्रदेशभर विशेष निगरानी र चेकजाँच अभियान सञ्चालन गरिरहेको छ। अपराधीहरूले नयाँ शैली अपनाए पनि प्रहरी त्यसभन्दा एक कदम अगाडि रहेर अनुसन्धान र नियन्त्रणमा सक्रिय छ।”

उनका अनुसार लागूऔषध ओसारपसारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइनेछ र संवेदनशील सेवाका साधन दुरुपयोग गर्नेहरूमाथि थप कडा कारबाही गरिनेछ। प्रहरीले नागरिकलाई पनि शंकास्पद गतिविधि’bout तत्काल सूचना दिन आग्रह गरेको छ। लागूऔषधको बढ्दो प्रयोगले विशेषगरी युवापुस्तामा नकारात्मक असर परिरहेको भन्दै यसविरुद्ध परिवार, समाज र राज्य सबै पक्ष एकजुट हुनुपर्ने प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

पर्बतको जलजलामा नि:शुल्क मुटु तथा मृगौला रोग परिक्षण