काठमाडौं । चलचित्र ‘मितज्यू’को ट्रेलर सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । एक युवती तेरिया मगरसँगको प्रेम सम्बन्धका कारण दुई मित दयाहाङ राई र सौगात मल्लबिचको द्वन्द्व आएको ट्रेलरमा देखाइएको छ ।
यो चलचित्रलाई मगर समुदायमा मित लगाउने संस्कृतिलाई रोचक रूपमा समेटिएको छ । अनिल बुढामगरले निर्देशन गरेको यो चलचित्र ८ जेठबाट नेपालसहित विभिन्न देशमा रिलिज हुँदै छ ।
ग्रामीण परिवेशमा आधारित यस चलचित्रमा दयाहाङ, सौगात, तेरियासँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, खड्गबहादुर पुन मगर (खबपु)लगायतका कलाकारहरूको अभिनय छ ।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार
‘झिँगेदाउ २’ संविधान दिवसमा आउने
म नृत्यमा कमजोर छु : प्रियंका
चलचित्र काजी’को ‘वारि बर पारि पीपलु…’ रिलिज
‘क्यान्सरसँगका मेरा अनुभूति’ लोकार्पण
तमिलनाडुको मुख्यमन्त्री बन्दै सुपरस्टार अभिनेता विजय थलापति
अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा
प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार
शिव श्रेष्ठले फाउन्डेसन खोल्दै देखाए ‘जीवन रेखा’






