काठमाडौं । करिब ८४ हजार दर्शक क्षमताको मेक्सिको सिटीस्थित एस्टेडियो एज्टेकामा आगामी ११ जुनबाट सुरु हुने फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन् । फाइनल भने अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा हुनेछ ।
तीन देशले संयुक्तरूपमा आयोजना गर्न लागेको यस विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यसपटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो प्रतियोगिता आयोजना गर्दै छन् । यस संस्करणको सबैभन्दा ठूलो विशेषता सहभागी टोली संख्या विस्तार पनि हो । यसअघि, ३२ टोली सहभागी हुने विश्वकपमा पहिलोपटक ४८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
नयाँ तालिकाअनुसार १२ समूह बनाइएको छ । प्रत्येक समूहमा चार टोली रहने छन् । समूह चरणपछि शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली ‘नकआउट’ चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ । टोली संख्या बढेपछि खेल संख्या पनि उल्लेखनीयरूपमा वृद्धि भएको हो । अब विश्वकपमा कुल १०४ खेल खेलाइने छ, यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
विश्वकपका खेल अमेरिकाका ११, क्यानडाका २ र मेक्सिकोका ३ सहरमा सञ्चालन हुने छन् । न्यूयोर्क, लस एन्जलस, डलास, मियामी, टोरन्टो, भ्यानकुभर र मेक्सिको सिटीजस्ता प्रमुख सहर प्रतियोगिताका केन्द्र बन्ने छन् ।
फिफाका अनुसार ‘विश्वकप २०२६’मा आधुनिक प्रविधि अझ प्रभावकारीरूपमा प्रयोग गरिने छ । अत्याधुािक भीएआर, प्रणाली, सेमी–अटोमेटेड अफसाइड टेक्नोलोजी, स्मार्ट टिकटिङ र उच्चस्तरीय सुरक्षा प्रणाली लागू गरिँदै छन् ।
आसन्न विश्वकपमा अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ भने फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, स्पेन, जर्मनी र पोर्चुगलजस्ता बलिया टोली उपाधि दाबेदारका रूपमा रहने अपेक्षा गरिएका छन् ।
विश्व फुटबलका चर्चित खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे, एर्लिंग हालान्ड, जुड बेलिंघम र भिनिसियस जुनियरमाथि समर्थकको विशेष नजर रहने छन् । खेल विश्लेषक सर्वकालीन फुटबलर मेस्सीका लागि यो अन्तिम विश्वकप हुनसक्ने अनुमान गर्छन् ।
सम्बन्धित समाचार
भर्ना शुल्कमा अनियमितता सम्बन्धमा स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय
केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सरकारको सम्पर्कमा पुगे काठमाडौंका १८१६ सुकुमबासी परिवार
काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार
विश्वकप लिग २: ओमानविरुद्ध नेपालको सानदार जित
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने
जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै






