बारामा सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

बारा । बारास्थित खुदियाटोला दशगजा इलाकाबाट सशस्त्र प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरीको गस्ती टोलीले भारतबाट लुकाई छुपाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

बुधवार बिहान ६ बजे लागूऔषध नाईट्रोजेपान ६०० गोटा र WIN CIREX १४७ बोटलसहित बारा विश्रामपुर गाउँपालिका ३ मुसहर्वा बस्ने १८ वर्षीय धन्नजय यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा